मनोहरा क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरु

भक्तपुर — मनोहरा जग्गा एकीकरण आयोजनाको मापदण्डभित्र पर्ने अनधिकृत संरचना हटाउन थालिएको छ । मध्यपुर थिमि नगरपालिका–१ मनोहरा पुल क्षेत्रमा आयोजनाको ९ मिटर सडक अतिक्रमण गरेर बनाएको संरचना मंगलबार भत्काएको आयोजनाका इञ्जिनियर मनोजकुमार भेटवालले बताए ।

मनोहरा क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरु

आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा अतिक्रमित संरचना हटाउन सुचना सार्वजनिक गरेको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन ।

अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले आइतबार माइकिङ गर्दै घर टहरा हटाउन निर्देशन दिँदा पनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको इञ्जिनियर भेटवालले जानकारी दिए । आयोजनाले बुधबार काठमाडौं महानगरपालिका क्षेत्रतर्फ आयोजनाको जग्गा अतिक्रमण हटाउन माइकिङ गर्नेसमेत जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?