अव्यवस्थित तार हटाउन ललितपुरले ल्यायो 'स्काई लिफ्टिङ'- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अव्यवस्थित तार हटाउन ललितपुरले ल्यायो 'स्काई लिफ्टिङ'

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार हटाउन 'स्काई लिफ्टिङ' ल्याएको छ । शहर कुरुप बनाउने गरी टाँगिएका तार हटाउनेदेखि सडक आसपासका रुख बिरुवाका हाँगा काट्न, स्मार्ट सडक बत्ती सरसफाइ गर्न र नयाँ जडान गर्न, होर्डिङ बोर्ड निकाल्नलगायत सहरी सुन्दरता बढाउने गरी काम गर्न महानगरपालिकाले 'स्काई लिफ्टिङ' खरिद गरेको हो ।

मेयर चिरीबाबु महर्जनले शहरी सुन्दरता बढाउन महानगरले सबै प्रयास गरिरहेको बताए । 'यो मेसिन बहुउपयोगी रहेछ । यसलाई अहिले हामी सहरी सुन्दरता बढाउने काममा प्रयोग गर्दैछौँ,' मेयर महर्जनले भने ।

महानगरले यसअघि विरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङ्कर खरिद गरेको थियो । उक्त ट्याङ्करले बिरुवामा पानी हाल्दा धुलाम्मे बिरुवा सफा देखिन्छ । महानगरले यो ट्याङ्करबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्मे भएका बिरुवा यो ट्याङ्करबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउने कामलाई महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

प्रकाशित : चैत्र २, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्र बैंकले रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — वित्तीय प्रणालीमा तरलताको अवस्था सहज नभएको भन्दै राष्ट्र बैंकले बिहीबार रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । यसअघि गत फागुन १७ मा राष्ट्र बैंकले रिपोमार्फत १४ दिनका लागि बजारमा पठाएको २० अर्ब रुपैयाँको परिपक्व अवधि फागुन ३० मा सकिएको छ । उक्त रिपोको परिपक्व अवधि सकिएपछि राष्ट्र बैंकले पुनः १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।

दुई साता अघिको तुलनामा अहिले वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएपनि अझै १५ देखि २० अर्ब कम (सर्टफल) रहेको निष्कर्षका आधारमा राष्ट्र बैंकले आज रिपो मार्फत १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसपटक पनि राष्ट्र बैंकले १४ दिनका लागि बजारमा पैसा पठाउन लागेको हो ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गरेर बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो । सूचना अनुसार आज राष्ट्र बैंकले रिपो जारी गर्नेछ । रिपोमा क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ देखि ५ करोड रुपैयाँसम्म रकमक लागि बोलकबोल गर्न सक्नेछन् ।

प्रकाशित : चैत्र २, २०७९ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×