क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख ठग्ने पक्राउ


काठमाडौँ — क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख उठाएर फरार पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर-८ घर भएका ४६ वर्षीय मेघलाल तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई सोमबार मीनभवनबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
तामाङले क्रोएसियामा मासिक १ लाखभन्दा बढी पारिश्रमिक हुन्छ भन्दै ३ जनासँग १५ लाख रुपैयाँ उठाएका थिए । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।