३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गौशालामा लुटपाटको उद्देश्यले बिमा संस्थानका पूर्वकर्मचारीको हत्या भएको पुष्टि, १ जना पक्राउ

काठमाडौँ — काठमाडौंको गौशाला नजिकै रुद्रनगरमा मंगलबार बिहान मृत भेटिएका एक पुरुषको  लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गौशालामा लुटपाटको उद्देश्यले बिमा संस्थानका पूर्वकर्मचारीको हत्या भएको पुष्टि, १ जना पक्राउ

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार थापा नेतृत्वको गिरोहले सोमबार राति वीरगन्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेर रुद्रनगरमा छाडेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको खुलेको छ ।

उनी राष्ट्रिय बिमा संस्थानबाट दुई वर्षअघि निवृत्त भएका थिए । प्रहरीले थापाको साथबाट लुटिएको मोबाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका थापा यसअघि ०७७ सालमा गाँजासहित पक्राउ परेका थिए ।

प्रकाशित : माघ २६, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?