मानव बेचबिखनका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ — मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएको मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी सिन्धुपाल्चोक साविक बराम्ची गाविस–२ हाल जुगल गाउँपालिका–५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । 

सिन्धुपाल्चोक जिल्ला अदालतले २०६९ मंसिर ११ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिबाना फैसला गरेको थियो । घिमिरेलाई ब्युरोले सोमबार काठमाडौं महानगर–३२ जडिबुटीबाट पक्राउ गरेको हो ।

ब्युरोले मंगलबार घिमिरेलाई फैसला कार्यान्वयनका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउने गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको ब्युरोका प्रवक्ता एसपी नरहरि रेग्मीले बताए ।

प्रकाशित : माघ २४, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?