एक वर्ष बितिसक्दा पनि भेटिएनन् सूर्यविनायकका न्यौपाने- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्ष बितिसक्दा पनि भेटिएनन् सूर्यविनायकका न्यौपाने

कान्तिपुर संवाददाता

काठमाडौँ — परिवारका सदस्यलाई जानकारी नदिइकन घरबाट निस्किएका भक्तपुर सूर्यविनायकका महेन्द्र न्यौपाने एक वर्ष बितिसक्दा पनि सक्पर्कमा आएका छैनन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय न्यौपानेको खोजी जारी राखे पनि अझै भेटिएका छैनन् ।

दाजु नगेन्द्र न्यौपानेका अनुसार महेन्द्र २०७८ पुस २९ गते दिउँसो १ बजे सूर्यविनायकस्थित आफ्नै निवासबाट निस्किएका थिए । त्यसपछि घर नफर्किएका न्यौपानेको खोजीका लागि परिवारका सदस्यहरूले प्रहरीलाई आग्रह गरेका थिए ।

परिवारका अनुसार गहुँगोरो वर्णका न्यौपाने घर छाड्नुअघिसम्म बाक्लो दाह्री पालेका थिए । उनको खोजीका लागि भक्तपुरका विभिन्न स्थानसहित काठमाडौं बाहिर पुगे पनि अहिलेसम्म भेट्न नसकेको परिवारले जनाएको छ ।

प्रकाशित : माघ २०, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

बैंक एकाउन्ट ह्याक गरी चोरीको आरोपमा ८ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।

उनीहरुको साथबाट नौ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । पक्राउ परेका ८ जनामाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २०, २०७९ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×