अमेरिकाका विश्वविद्यालयबारे परामर्श दिन जेभियर शैक्षिक मेला- उपत्यका - कान्तिपुर समाचार

अमेरिकाका विश्वविद्यालयबारे परामर्श दिन जेभियर शैक्षिक मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी राजदूतावासको सहयोगमा जेभियर इन्टरनेशनल कलेजले बिहीबार शैक्षिक मेलाको आयोजना गरेको छ । बिहीबार दिउँसो कलेजको प्राङ्गणमा २० वटा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिले नेपाली छात्रछात्रालाई परामर्श दिएका थिए ।

अमेरिकाका विभिन्न स्टेटमा रहेका विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाह अमेरिकाबाट आएका विश्वविद्यालयका प्रतिनिधिले दिएका थिए ।

जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल दीपेन दाहालका अनुसार मेलामा कक्षा ११ र १२ र ए लेभल कोर्ष लिएर फाइदा लिन सक्ने बताए । उनले अहिलेको युवापुस्ताले विदेशमा गएर उच्च शिक्षा हासिल गरेर त्यहाँ लिएका ज्ञान र सिप नेपालमा कार्यान्वयन गर्न सकुन् भन्ने पनि मेलाको उद्देश्य भएको बताए । यस्तै यो मेलाले विदेशमा गएर राम्रो उच्च शिक्षा हासिल गरेर नेपालमै केही गरुँ भन्ने विद्यार्थीको लागि उपयोगी भएको ए लेभल पढ्दै गरेकी छात्रा अक्षता राज्यलक्ष्मी शाहले बताइन् ।

उनले यस्ता मेलाले विद्यार्थीले कुन विश्वविद्यालयमा कस्तो अध्यापन र कस्तो सुविधा अनि कस्ता विषयमा पढाइ हुन्छ भन्ने जानकारी दिने बताइन् । उनले भनिन्, '१/१२ वा एलेभल पढिरहेका स्टुडेन्टले युनिभर्सिटीकाबारे जानकारी लिन सक्ने रहेछन् । जसले गर्दा पढाइको अवसर खोजिरहेका विद्यार्थीलाई उपयोगी हुन्छ ।' अमेरिकी राजदूतावासले नेपालभरी रहेका कलेजमध्येबाट जेभियर इन्टरनेशनल कलेजलाई मेला आयोजना गर्न छनोट गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

एलआरआई फेस्टमा टाइम्स र ह्वाइटहाउस च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — एलआरआई स्कुलको मैदानमा बिहीबार भएको फाइनल खेलमा टाइम्सले सीसीआरसीलाई ७६–५२ ले पराजित गर्दै बास्केटबल उपाधि जितेको छ । फुटसल फाइनलमा ह्वाइट हाउस कलेज विजयी भएको छ । टोलीले केसीसीएसलाई ४–२ गोलले हरायो । बास्केटबलमा उत्कृष्ट खेलाडी टाइम्सका पारस केसी र फुटसलमा उत्कृष्ट खेलाडी ह्वाइट हाउसका समिर वन भए । प्रतियोगितामा २० कलेजको सहभागिता थियो ।

विजेता टिमलाई नागार्जुन नगरपालिकाका उपप्रमुख श्रीमती सुशीला अधिकारीले पुरस्कृत गरिन् ।

विजेताले २४ हजार र उपविजेताले १२ हजार रुपैयाँ पुरस्कार पाए ।

एलआरआईका प्राचार्य देवकान्त जोशीले व्यस्त शैक्षिक क्यालेन्डरका बावजुद कलेज र स्कुलहरूले प्रतियोगितामा भाग लिनुले प्रतियोगिता गरिमा बढेको बताए ।

उच्च माविका संयोजक ध्रुब खड्काले विद्यार्थीको समग्र विकासमा खेलकुद प्रतियोगिताले सकारात्मक प्रभाव पार्ने बताए ।

स्कुलले विद्यार्थीको अध्ययनमा बाधा नपुग्ने गरी फुटसल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चेसलगायतका खेलकुदमा प्रशिक्षण गराइरहेको अतिरिक्त क्रियाकलापका संयोजक जयराम खड्काले बताए ।

प्रकाशित : माघ १९, २०७९ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×