१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

जबरजस्ती करणी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — १५ वर्षीय बालिका र २० वर्षीय युवतीलाई नंखेलको जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले मुगु घर भई हाल पलाँसे बस्ने २१ वर्षीय भक्त नेपाली र हुम्ला घर भई हाल सुर्यविनायक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए । 

जबरजस्ती करणी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ

उनीहरुले एकै समय बुधबार साँझ सुर्यविनायक नगरपालिका-९ नंखेलस्थित लाकुरी भन्ज्याङ बन्देश्वरी जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

नेपालीले मुगु घर भई हाल थानकोट बस्ने १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ भने परियारले डेकोचा बस्ने २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । नेपाली र परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १९, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?