साइकल चलाउने संस्कृति प्रवर्द्धन गर्न शनिबार साइकल र्‍याली हुँदै- उपत्यका - कान्तिपुर समाचार

साइकल चलाउने संस्कृति प्रवर्द्धन गर्न शनिबार साइकल र्‍याली हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — साइकल चलाउने संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले साइकल र्‍याली गर्ने भएको छ । 'सृष्टिको लागि सवारी, नवप्रवर्तनको लागि सवारी' भन्ने नाराका साथ यही माघ २१ गते शनिबार काउन्सिलले नवौं साइकल र्‍यालीको आयोजना गर्न लागेको हो ।

माइतीघरबाट सुरु भएर ललितपुरकको लुभु हुँदै काठमाडौंका विभिन्न स्थानममा पुगेर पुनःमाइतीघरमा रहेको कलेज परिसरमा आएर र्‍याली समापन हुने आयोजकले जनाएको छ ।

हावीर पुनले स्थापना गरेको नेशनल इनोभेसन सेन्टरसँगको सहकार्यमा सेट काउन्सिलले समझदारी गरेको छ ।

नेपालमा भएको प्राविधिक विकासमा सक्रिय रूपमा संलग्न युवाहरूलाई साइकलप्रति आकर्षण बढाएर सहयोग गर्नु र्‍यालीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

र्‍यालीबाट साइकल चलाउने संस्कृतिको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र कोभिड–१९ को प्रभावपछि जनतामा सामान्यताको अनुभूति ल्याउन पनि मद्दत गर्ने आयोजकले विश्वास लिएको छ । र्‍यालीमा करिब ६ सय जनासम्म सहभागी हुने बताइएको छ ।

प्रकाशित : माघ १९, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।

कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाई 'आगो लगायो' मुद्दामा दोषी ठहर गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए । यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो ।

यस्तो छ कैलाली जिल्ला अदालतको फैसला :

प्रकाशित : माघ १९, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×