१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साढे ३४ किलो चरेससहित एक जना पक्राउ

काठमाडौँ — साढे ३४ किलो लागू औषध चरेससहित लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ सानो बाङ्गेका ३२ वर्षीय वीरबहादुर तामाङ छन् । 

साढे ३४ किलो चरेससहित एक जना पक्राउ

लागूऔषध चरेसको खरिद विक्री कारोबार गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्युरोको टोलीले बुधबार बिहान धादिङ गल्छी गाउँपालिका ७ स्थित एक होटलबाट बिक्रीका लागि डिल गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा प्रहरीले गजुरीबाट ३४ केजी ५ सय ग्राम चरेश बरामद गरेको ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काले बताए । तामाङको साथबाट बरामद भएको लागू औषधको अवैध बजार मूल्य प्रतिकेजी २५ हजार रुपैयाँ भएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई ईलाका प्रहरी कार्यालय धादिङ गजुरीमा बुझाइएको एसपी खड्काले बताए ।

प्रकाशित : माघ ११, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?