१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खगेन्द्र बस्नेतको सम्झना 

काठमाडौँ — नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५ औं जन्मजयन्ती र संस्थाको ५३ औं स्थापना दिवस मनाइएको छ । 

खगेन्द्र बस्नेतको सम्झना 

संस्थाको केन्द्रीय कार्यालय जोरपाटीमा बिहीबार विभिन्न कार्यक्रम गरी स्व बस्नेतको जन्मजयन्ती र संस्थाको स्थापना दिवस मनाइएको हो । सभापति साम्देन लामाको अध्यक्षता भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल, उपप्रमुख सान्नानी लामालगायतको उपस्थिति थियो ।

कार्यक्रममा अर्थोपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा. शंकरराज पाठक, विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउन्डेशनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो ।

त्यस अवसरमा माडबारि सेवा समिति झापाले अपांगता भएकाहरुलाई भोजन गराउनुका साथै विभिन्न सामग्री हस्तान्तरण गरेको थियो ।

प्रकाशित : माघ ५, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?