कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुरक्षा कवच बिनाका काठमाडौं नगर प्रहरी

काठमाडौँ — सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन जाने क्रममा करिब ३६ जना काठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए । ३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

सुरक्षा कवच बिनाका काठमाडौं नगर प्रहरी

समुदायमा आधरित नगर प्रहरीले नगर क्षेत्रभिका अवैध संरचना हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, बजार व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका कामहरु गर्दै आएको छ ।

फुटपाथ मिचेर बनाइएका संरचना हटाउन गएजसरी नै बस्तीको अवैध संरचना हटाउने जाने क्रममा थापाथलीका सुकुम्बासीले प्रतिकार गरेपछि नगर प्रहरी घाइते भएका थिए ।

आत्मसुरक्षाका लागि बडी प्रोटेक्सन कवज, नी प्रोटेक्सन, हेल्मेट आवश्यक पर्छन् । तर महानगरको नगर प्रहरीले सुरक्षाकवज बिना बस्तीमा डोजर लगाउन खोजेपछि स्थानीयको प्रतिकारमा परेर ३ दर्जन घाइते भए ।

नगर प्रहरी प्रमुख पाण्डेले कान्तिपुरसित भने,‘ थापाथलीमा हामी आपराधिक तरिकाले गएको हैन । हामी समुदायमा काम गर्ने प्रहरी हौं । समुादयसँग छलफल गर्छौं, सम्झाउछौं, बुझाउँछौं अनि मात्रै अवैध संरचना हटाउँछौं । हामी संरचना हटाउनका लागि गएका थियौं, आक्रमणका लागि हैन ।’

संरचना हटाउन खोज्दा झडप भएका ठूला घटना नभोगेको काठमाडौं नगर प्रहरीले अबदेखि आत्मसुरक्षालाई पहिलो प्रथामिकता राख्ने उनले बताए ।

सुरक्षा कवज प्रयोग गरेर संरचनाहरु हटाउन जाने उनले बताए । सामान्य अवस्थामा सुरक्षा कवज चाहिने भएपनि महानगरको नगर प्रहरीबलसँग भने पर्याप्त मात्रामा छैन ।

‘आत्मसुरक्षा त गर्नुपर्ने भयो नि । हिजोको घटनाले धरापमा पार्ने गतिविधि देखियो,’ पाण्डेले भने,‘सचेत हुनुपरो नि हामी । मान्छेको ज्यान त बचाउनुपरो । ’

महानगरपालिकाले आउटसोर्सिङ गरेर करिब डेढसय जना नगर प्रहरी भर्ना लिएको छ । निजी कम्पनीमार्फत आएका उनीहरु अधिकांश भूतपर्व सेना र नेपाल प्रहरीका रहेका उनले बताए । ३ सय ३४ जना नगर प्रहरी रहेकोमा हाल ५० जनालाई मात्रै पुग्ने सुरक्षा कवज रहेको उनले बताए ।

महानगरले सबैलाई पुग्ने गरी सुरक्षा कवजका सामग्रीहरु खरिद गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?