काठमाडौं उपत्यकामा निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने

रासस

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

काठमाडौं उपत्यकामा निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।

निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मंसिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?