१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भक्तपुरमा आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, राईटोलमा बुधबार बिहान आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु भएको छ । माथिल्लो कुण्डोलस्थित आत्माराम केसीको इँटा र काठले बनेको जस्ताको छानो भएको तीन तले कच्ची घरमा बिहान पौने ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

भक्तपुरमा आगलागी हुँदा २५ वर्षे युवतीको जलेर मृत्यु

आगलागीमा परी केसीकी २५ वर्षीया छोरी अस्मिता केसीको जलेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । उनी बौद्धिक अपांग हुनुका साथै र प्यारालाइसिसबाट ग्रसित थिइन् ।

आगलागी भएको खबर पाउने बित्तिकै घटनास्थलमा प्रहरी पुगेको थियो । भक्तपुरबाट गएका दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी र स्थानीयले करिब नौ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा परी केसीकी १४ वर्षे छोरी नित्मा केसी घाइते भएकी छिन् ।

उनको उद्धार गरी कोरियन अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । घटनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : कार्तिक ३०, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?