एटीएम मेसिन तोडफोडमा संलग्न ३ जना पक्राउ

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिका- ५ कुमारीपाटीस्थित एनएमबि बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयासमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एटीएम मेसिन तोडफोडमा संलग्न ३ जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका- ३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय बसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका- १५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?