उपत्यकामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रशासनले उपत्यकामा राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले देउसी/भैलो खेल्न राति ९ को समयसीमा तोकेका हुन् ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी/भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै दिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले तोकिएको समयसीमा भित्र मात्रै देउसी/भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएाके बताए । प्रशासनको आदेश उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने उनले बताए ।

यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरेको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।

प्रकाशित : कार्तिक ५, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

दुर्गालाल केसी

दाङ — दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका ११ र दंगीशरण गाउँपालिका २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दंगीशरण २ सिमलकुनाकी १५ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामाघरमा आएकी १४ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले बताए ।

अहिले प्रहरी र स्थानीयहरूको संयुक्त टोलीले बेपत्ता भएका दुवै जनाको खोजी गरिरहेको उनले बताए । दाङको तुलसीपुरमा नै गत असोज १७ गते ग्वार खोलामा डुबेर एक बालकको मृत्यु भएको थियो भने असोज १८ गते लमहीमा रहेको अर्जुन खोलामा दुई बालकको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७९ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×