जबर्जस्ती करणी आरोपमा भक्तपुरबाट एक व्यक्ति पक्राउ

काठमाडौँ — भक्तपुरमा १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले बैतडी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई पक्राउ गरेको हो ।
उनले १९ वर्षीया ती किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । भक्तपुरको बोडेमा अस्थायी रुपमा बस्दै आएका आरोपित चन्दलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
