३१ लाख रुपैयाँबराबरको लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

३१ लाख रुपैयाँबराबरको लागूऔषधसहित ६ जना पक्राउ

सार्वजनिक हुनेमा लागूऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागूऔषध एम्पुलतर्फ ३ जना र लागूऔषध एम्पुल बससहित अन्य एकजना छन् । पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै

सञ्जिव राईलाई पक्राउ गरेको थियो । त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिकअप भ्यान र लुकाएको अवस्थामा लागूऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागूऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बारको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए । बसभित्रबाट लागु औषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बससमेत बरामद गरेको उनले जानकारी दिए ।

फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको उनले बताए । उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागु औषध गाँजा बरामद गरिएको पनि जानकारी दिए ।

गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागूऔषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको प्रहरीले जानकारी दिएको छ । उपत्यकामा लागूऔषध खैरो हेरोइन तथा नियन्त्रित लागूऔषधसमेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोले ६ जनालाई लागूऔषधसहति पक्राउ गरेको हो ।

प्रकाशित : आश्विन ९, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?