कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंमा अक्सिजन सिलिन्डर पड्किएर आगलागी, एकको मृत्यु

काठमाडौँ — काठमाडौं कपनको एक घरमा अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । 

आगो निभाउने प्रयास भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । राम मन्दिरस्थित एक ट्रेकिङ कार्यालयमा बुधबार साँझ आगलागी भएको हो । उक्त कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा जनधनको क्षति भएको एसपी मैनालीले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?