१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धोबीघाटस्थित कबाडी गोदाममा आगलागी

काठमाडौँ — ललितपुर महानगरपालिका वडा नं ३ को धोबीघाटमा रहेको एक कबाडी गोदाममा आगलागी भएको छ । आगलागी भएको स्थलबाट धुवाँको मुस्लो उडेको देखिएको छ ।

धोबीघाटस्थित कबाडी गोदाममा आगलागी

महानगरीय प्रहरी प्रभाग सानेपाले धोबीघाटस्थित एक कबाडी गोदाममा आगो लागेको देखिएको र उद्धार टोली त्यसतर्फ जाँदै गरेको जनाएको छ । यद्यपि घटनाको क्षति विवरण यकिन भइसकेको छैन ।

आगोको मुस्लो ठूलो देखिए पनि त्यसको क्षतिको विवरण आइनसकेको बताइएको छ ।

-यसअघि प्रहरीले दिएको सूचनाका आधारमा 'ग्यारेज गोदाममा आगलागी' भन्ने हुन गएकोमा सच्याइएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?