नेविसंघद्वारा त्रिविमा तोडफोड, उपकुलपतिको कुर्चीमा जुत्ता

काठमाडौँ — सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा बुधबार तोडफोड गरेका छन् । प्रत्यक्षदर्शी विद्यार्थीकाअनुसार नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्चीमा जुत्ताको माला राखिदिएका थिए भने कार्यकक्षको ढोला ढलाएर, नेम प्लेट झिकेर फाल्दिएका छन् ।

नेविसंघद्वारा त्रिविमा तोडफोड, उपकुलपतिको कुर्चीमा जुत्ता

नेविसंघका त्रिवि इकाई सचिव योगेन्द्र रावल र श्यामराज ओझा नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा तोडफोड भएको त्रिविले जनाएको छ ।

परीक्षामा हुबहु प्रश्नपत्र सोधेको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवदेन त्रिविका पदाधिकारीले लुकाएको नेविसंघको आरोप छ । छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपुकलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ता तोडफोडमा उत्रेका हुन् ।


प्रकाशित : भाद्र ८, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?