१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘बेसमेन्ट’ मा बनाइएका नबिल बैंक न्युरोड शाखाका संरचना हटाउन महानगरको निर्देशन

काठमाडौँ — पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा नबिल बैंकले शाखा कार्यालय राखेपछि काठमाडौं महानगरपालिकाले बेसमेन्टमा बनाइएका संरचना हटाउन बैंकलाई निर्देशन दिएको छ ।

‘बेसमेन्ट’ मा बनाइएका नबिल बैंक न्युरोड शाखाका संरचना हटाउन महानगरको निर्देशन

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले ईकान्तिपुरलाई जानकारी दिए ।

शाहले बेसमेन्टमा सञ्चालन गरिएको शाखा कार्यालय गैरकानुनी रुपमा राखिएकाले हटाउनका लागि निर्देशन दिएको उनले बताए ।

उनले भने, 'यो त सरासर उपभोक्ताहरूमाथिको खेलबाड हो । बेसमेन्टमा कहीँ शाखा कार्यालय हुन्छ ? हामीले तुरुन्तै हटाउन भन्दै ताकेता गरेका छौं । '

प्रकाशित : भाद्र ८, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?