कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काठमाडौंको फोहोर ढुवानीमा संघ-संस्थाको सहयोग

काठमाडौँ — धेरै मात्रामा फोहोर थुप्रिएपछि उपत्यकाको फोहोर ढुवानीमा काठमाडौं महानगरपालिकालाई विभिन्न संघ-संस्थाहरूले सघाउने भएका छन् ।

काठमाडौंको फोहोर ढुवानीमा संघ-संस्थाको सहयोग

महानगरपालिका र निजी क्षेत्रसँग भएका गाडीबाट ढुवानी गर्दा थुप्रिएको फोहोर हटाउन गर्न धेरै समय लाग्ने भएपछि महानगरले नेपाल टिपर तथा ट्रक व्यवसायी सं‌घसँग सहमति गरेको छ ।

मेयर बालेन शाहको सचिवालय सदस्य एवं फोहोर व्यवस्थापन हेर्दै आएका इन्जिनियर सुनिल लम्सालका अनुसार बिहीबार संघका २० वटा टिपरले फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका छन् । उनका अनुसार ढुवानीमा लाग्ने इन्धन र चालक भत्ता महानगरपालिले बेहोर्ने सहमति भएको छ ।

यस्तै, विभिन्न कन्सट्रक्सन कम्पनीहरुले महानगरलाई नि:शुल्क रुपमा फोहोर ढुवानी गर्न सहयोग गर्ने भएका छन् । ती कम्पनीहरुले तेल र चालक भत्ता पनि नलिने गरी आफ्नै खर्चमा फोहोर ढुवानी गरिदिने प्रस्ताव गरेको लम्सालले जानकारी दिए । बिहीबार बन्चरेडाँडामा करिब ५० वटा टिपरले निःशुल्क रुपमा फोहोर ढुवानी गर्ने उनले बताए ।

यस्तै, अन्य संस्थाहरुले पनि थुप्रिएको फोहोर उठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखि थप सय वटा टिपरले फोहोर ढुवानी गर्ने उनले बताए । हाल दैनिक रुपमा १८० वटा टिपरले फोहोर विसर्जन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?