त्रिविमा तालाबन्दीविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन- उपत्यका - कान्तिपुर समाचार

त्रिविमा तालाबन्दीविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको तालाबन्दीविरुद्ध अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।

केही महिनाअघिदेखि सत्तारुढ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले जारी राखेको तालाबन्दीको विरोधमा संकलन गरेको १५ सय जनाको हस्ताक्षरसहित प्रधानमन्त्री देउवालाई मंगलबार ज्ञापनपत्र बुझाएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष शम्भू भट्टले जानकारी दिए । त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

'सत्ताको आडमा नेविसंघले शैक्षिक क्षेत्रमा देखाएको अराजकता र तालाबन्दीको विरोधमा १२ मिटर लामो कपडामा संकलित हस्ताक्षरहरुलाई अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको ज्ञापनपत्रसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटामार्फत विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छौं,' अध्यक्ष भट्टले भने ।

प्रकाशित : श्रावण ३१, २०७९ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्

इराकमा लागूऔषध छापा मार्दा पिकासोको कलाकृति भेटियो

करोडौं डलरको उक्त चित्र तीन जना व्यक्तिको कब्जामा थियो । अहिले इराक प्रहरीले बरामद गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोको करोडौं अमेरिकी डलर बराबरको पेन्टिङ इराकमा लागूऔषध नियन्त्रणका लागि छापा मार्ने क्रममा भेटिएको छ ।

इराकी अधिकारीहरूका अनुसार पिकासोको चोरी भएको उक्त कलाकृति फेला परेको हो । इराकी सञ्चारमाध्यमका अनुसार दियाला प्रान्तमा तीन व्यक्तिको कब्जामा रहेको उक्त कलाकृति प्रहरीले बरामद गरेको छ ।

यस क्रममा इराक प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा ती व्यक्तिहरूलाई पक्राउ गरेको छ । इराक प्रहरीले गत जुलाइमा सुरु गरेको सुरक्षा कारबाहीको निरन्तरताकै क्रममा शनिबार ती व्यक्तिहरू पक्राउ परेका थिए ।

पिकासोको उक्त पेन्टिङको मूल्य करोडौं डलर रहेको बताइएको छ । यद्यपि उक्त पेन्टिङको विवरण, यसको स्वामित्व र प्रमाणीकरणबारे सम्पूर्ण जानकारी भने सार्वजनिक भएको छैन ।

स्पेनिस महान चित्रकार पाब्लो पिकासोको १९७३ मा निधन भएको थियो । आफ्नो ७८ वर्षको करिअरमा उनले १३ हजार ५ सय चित्रहरू बनाएको बताइन्छ । साथै उनले सयौं मूर्तिकला पनि सिर्जना गरे। यसअघि पनि पिकासोका चित्र चोरी भएका समाचार आएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ २२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×