कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शृंखलाबद्ध डकैती आरोपमा ३ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डकैतीमा सलंग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शृंखलाबद्ध डकैती आरोपमा ३ पक्राउ

पक्राउ पर्नेमा नयाँबस्ती पाटीटार बस्ने सिन्धुपाल्चोक मेलम्ची–७ तालामाराङका ३८ वर्षीय सागर भनिने रामसिंह तामाङ, जोरपाटी बस्ने मकवानपुर वाग्मती–८ का ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुर बकैया–५ का ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङ छन् ।

उनीहरुमाथि कीर्तिपुर–६ का नारायण बस्नेतको घरमा पसेर धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको आरोप छ । साथै उपत्यकाका ३ र उपत्यका बाहिर एक ठाउँमा डकैतीमा संलग्नता पुष्टि भएकाले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू यसअघि पनि खुन डाँका, चोरी डाँका र कर्तव्यज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

साथबाट बरामद नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ वटा खुकुरी, एउटा मोटरसाइकलसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?