१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिका–४ बागडोलमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमबार एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस बागडोलमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुरको बागडोलमा बस दुर्घटना, ८ जना घाइते

गुडिरहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा नवलपरासी कावासोती नगरपालिका–२ घरभई कलंकी बस्ने २५ वर्षीय सुगम थापा, काठमाडौं किर्तिपुर नगरपालिका–८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका–२० घरभई कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घरभई किर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्क, ललितपुर महानगरपालिका–१४ नखिपोटका ३० वर्षीय उद्देश्य वाग्ले, सिन्धुपाल्चोक घरभई ललितपुर धोविघाट बस्ने ५९ वर्षीय जितबहादुर पोखरेल, रामेछाप घरभई भक्तपुर सूर्यविनायक बस्ने ४५ वर्षीय खड्गबहादुर थापा र काठमाडौं कलंकीका ६७ वर्षीय खिलबहादुर भण्डारी घाइते भएका छन् ।

घाइते सबैको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिरराज शाहीले बताए । घाइते सबैको अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?