दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ — ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका ७ थानकोट चेकपोस्टस्थित एनसीसी बैंक नजिकै राजु खाजा घरका सञ्चालक राजु केसीलाई निर्घात कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ५ का ३० वर्षीय प्रकाश श्रेष्ठ र नुवाकोट बिदुर नगरपालिका ५ का ३३ वर्षीय आकाश भनिने प्रमोद बोगटी छन् । प्रहरीले उनीहरूको साथबाट एउटा मोटरसाइकल र फलामे पाइप पनि बरामद गरेको जनाएको छ ।
गत साता केसीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू दुवै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यान मार्ने उद्योग कसुरमा अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : श्रावण ३०, २०७९ १५:३०