१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडी रोकिए

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । धुनीबेंसी–१ मा फोहोर बिसर्जन गरिसकेका र लिएर गएका गाडी त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले रोकिदिएका हुन् ।

फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडी रोकिए

बिहान ४ बजे काठमाडौंबाट छुटेका ६५ गाडीलाई फोहोर बिसर्जन गरिसकेपछि काठमाडौं फर्कन नदिइएको र पछि पुगेका झन्डै सय वटा गाडीलाई धुनीबेंसी–१ मा रोकिएको महानगरको वातावरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।

आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्तरुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहोरमैला दीर्घकालीन रुपमा बन्द गर्न आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?