कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने ६ जना चालक आइतबार कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान साढे ५ देखि साढे ८ बजेसम्म जाँच गरेको थियो । त्यसक्रममा मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका हुन् ।

मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मापसे गरेर स्कुल गाडी चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीका ईन्द्रबहादुर श्रेष्ठ, बा १ क ९४५६ नम्बरको टाइम ईन्टरनेसनल कलेजका राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै, बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका शिव कुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका मनोज महर्जन र बीएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भिमसेन नेपाली रहेका छन् । ट्राफिक प्रहरीको नियमित जाँचमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालकसमेत कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेक गर्ने अभियान संचालन गर्दै आएको छ । हालसम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन् । जसमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?