काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा डोटेल निर्वाचित- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा डोटेल निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं जिल्ला रेडक्रसको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको शाखाको ४२ औं अधिवेशनले श्यामकाजी डोटेल सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनमा भएको निर्वाचनमा डोटेलले ६९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी लबराज श्रेष्ठले ३४ मत प्राप्त गरे । शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनीलकुमार श्रेष्ठ, उपकोषाध्यक्ष नवराज भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बानियाँ,लक्ष्मीप्रसाद कुईंकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन निर्वाचित भएका छन् ।


प्रकाशित : श्रावण २९, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

नहरमा डुबेर बालिकाकाे निधन

रमेशकुमार पौडेल

चितवन — नहरमा डुबेर चितवनमा एक बालिकाकाे ज्यान गएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका-१६ एकताटाेलमा खेल्दाखेल्दै घर नजिकैकाे नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीकाे ज्यान गएकाे हाे ।

खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेकाे ठाउँभन्दा तीन किलाेमिटर तल सेवा केन्द्र टाेलबाट अचेत अवस्थामा उद्धार गरेकाे डीएसपी नरहरि अधिकारीले बताए ।

उपचारका लागि गुञ्जमानसिंह अस्पताल लगेकाेमा चिकित्सकले मृत घाेषणाा गरेकाे अधिकारीले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×