कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैल प्याख: सुरु

उपराष्ट्रपतिद्वारा अवलोकन
कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमिमा भैल प्याख: (भैरव नाच) सुरु भएको छ । शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनले भैल प्याख:को अवलोकन गरेका छन् । शनिबार साँझ लाय्कुबाट निक्लिएको नाच बालकुमारी मन्दिर प्राङ्गणमा उपराष्ट्रपति पुनलाई अवलोकन गराएको थियो ।

भैल प्याख: सुरु

मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणामा पहिलोपल्ट उच्च पदस्थ व्यक्तिद्वारा भैल प्याख:को अवलोकन गरिएको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।

करिब चार दशकसम्म सञ्चालन हुन नसकेको भैल प्याख: जनप्रतिनीधिले स्थानीय तहको नेतृत्व सम्हालेपछि स्थानीयको पहलमा सुरु भएको हो । यसअघिको दुई वर्ष कोभिड १९ महामारीका कारण सञ्चालनमा आउन सकेन ।

तान्त्रिक विधिपूर्वक नचाइने भैल प्याख: देखाएमा भुतप्रेतले दु:ख नदिने, मूलुकमा शान्ति हुने जनविश्वास छ । भैल प्याख: गाईजात्राको भोलिपल्टदेखि ४ दिन प्रत्येक साँझ देखि अबेर रातीसम्म देखाइन्छ । यस नाचमा दुई भैरव, दुई डागीं, र एक ज्यापुंग सहित ५ जनाको देवगण समावेश हुन्छ । यसमा धां बाजा, मुहाली, भुस्या, पोङगा, ता: लगायतका बाजा बजाइन्छ । साँझ मध्यपुर थिमिको बालकुमारीदेखि चपाचो सम्मका विभिन्न टोलटोलमा भैल प्याख: प्रदर्शन गर्ने गर्ने प्रचलन छ ।

प्रकाशित : श्रावण २९, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?