बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

भक्तपुर — बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना र डेढ महिना कैद फैसला गरेको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले थापालाई मंगलबार पक्राउ गरी उक्त फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरेको र अदालतले जगन्नाथदेवल कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?