२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

काठमाडौं महानगरको वार्षिक खर्च ४४ प्रतिशतमात्रै 

समीक्षा बैठकमा मेयर शाहले भने- 'राम्रो कुरा सिकेर निरन्तरता दिऔँ । गल्तीहरू नदोहोर्‍याऔँ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा आधा बजेट पनि खर्च गर्न नसकेको पाइएको छ । बुधबार राष्ट्रिय सभा गृहमा जारी महानगरपालिकाको वार्षिक समीक्षाको सन्दर्भमा वित्त विभागले गत आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटको ४४ प्रतिशत रकम मात्रै खर्च भएको विवरण प्रस्तुत गरेको हो ।

काठमाडौं महानगरको वार्षिक खर्च ४४ प्रतिशतमात्रै 

महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँ थियो । तर, त्यसमध्ये ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा मात्रै खर्च भएको हो । समीक्षा बैठकमा महानगरपालिकाका विभाग, आयोजना, एकाई र सचिवालयले गरी २४ वटा प्रस्तुतीकरण हुनेछन् ।

समीक्षा बैठकमा सम्बोधन गर्दै मेयर बालेन्द्र शाहले बिगतको तथ्यांक र तथ्यांकीय अवस्थाबाट सिकेर आगामी दिनमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘अघिल्लो वर्षको अवस्था के थियो ? बजेट कस्तो थियो ? यसवर्षको बजेटमा के छ ? यो समीक्षापछि हामीले कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ,’ मेयर शाहले भनेका छन्, 'राम्रो कुरा सिकेर निरन्तरता दिऔँ । गल्तीहरु नदोहोर्‍याऔँ ।'

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिहरुमा समस्यासँगै समाधानका उपायसमेत खोज्नुपर्ने बताए । ‘समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ । विगतमा देखिएका कमजोरी दोहोरिन दिनुहुँदैन । यसबाट सिकेर महानगरले चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा प्रगति गर्न सक्छ,’ उनले भनेका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?