कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरमा तीर्थयात्री बोकेको बस दुर्घटना, १४ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुन्दर चौलागाईंका अनुसार सोमबार दिउँसो डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको बा ३ ख ३७८४ नम्बरको बस सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा घाइते भएका १० जनाको डा.ईवामुरा मेमोरियल अस्पताल सल्लाघारी र ४ जनाको मध्यपुर अस्पताल नयाँथिमिमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक चौलागाईंले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?