कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

डोलेश्वर मन्दिरका दर्शनार्थी बोकेको बस दुर्घटना, १४ घाइते

कान्तिपुर संवाददाता

भक्तपुर — केदारनाथको शिर मानिने डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

भक्तपुरस्थित प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुन्दर चौलागाईंका अनुसार सोमबार दिउँसो डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको बा ३ ख ३७८४ नम्बरको बस सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा दुर्घटना भएको छ ।

बस दुर्घटनाबाट घाइते १० जनाको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा र ४ जनाको मध्यपुर अस्पताल नयाँथिमिमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक चौलागाईंले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?