कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अवैध मुद्रासहित भारतीय नागरिक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

अवैध मुद्रासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले टोलीले शनिबार दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका ४३ वर्षीय अंकुर घनश्यामभाई पटेललाई अवैध मुद्रासहित पक्राउ गरेको हो ।

प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको ‘ए’ साइडको एक्स–रे मेसिनमा ‘स्क्रिनिङ’ गर्ने क्रममा उनको साथबाट ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड, ३ हजार ४ सय युरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्या सिलिङस बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई अवैध रुपमा लुकाइ छिपाइ बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?