१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘नो हर्न’ प्रभावकारी बनाउन उपत्यकामा अभियान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — आजबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी पुन: काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो । 

‘नो हर्न’ प्रभावकारी बनाउन उपत्यकामा अभियान सुरु

ट्राफिक स्वयंसेवक परिचालनको उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले 'नो हर्न' अभियानलाई काठमाडौंमा पुन: प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले 'नो हर्न' अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुन: अभियानलाई प्रभावकारी बनाइन लागेको बताए ।

मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए । उनले सवारी चालकहरुले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए । ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुन: प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौं । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ,’ मेयर शाहले भने,‘यसले इरिटेसन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउादा एउटा धैर्य राख्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

प्रकाशित : श्रावण २२, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?