कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेस महामन्त्री थापाको निर्देशन

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेस महामन्त्री थापाको निर्देशन

शनिबार नेपाली कांग्रेसका पूर्वनेता तथा शिक्षासेवी स्व. श्यामबहादुर कार्कीको १५औं स्मृति दिवसमा बालकोटमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । यस अवसरमा नेता थापाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी संगठितरुपमा अगाडि बढ्नु आवश्यक रहेको बताए ।

कांग्रेस बहुमतउन्मुख र ठूलो दलका रुपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको उनको भनाइ थियो ।निर्वाचनमा अरु दलहरूसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

स्व. कार्कीको स्मृति दिवसको अवसरमा महामन्त्री थापाले कार्कीले शैक्षिक र रानीतिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले २०४६ र २०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि पनि जनताको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको भन्दै दल र दलका नेतामा आमुल सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय जीतजंग बस्नेत र रमा पौडेल, पूर्वसांसद लेखनाथ न्यौपाने, वाग्मती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छे, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता रामप्रसाद दवाडी, सुरेन्द्र केसी, प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीको योगदान र संघर्षबारे चर्चा गरेका थिए ।

कार्यक्रममा गणेश आधारभुत विद्यालय बालकोटका ९७ जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । कार्कीको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?