गंगालाल अस्पतालमा अवकाश उमेर हद ६३ पुर्‍याउने निर्णय- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गंगालाल अस्पतालमा अवकाश उमेर हद ६३ पुर्‍याउने निर्णय

कर्मचारी संघले आइतबार हडताल गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका नर्स, चिकित्सकलगायत कर्मचारीले दिएको राय सुझावविपरीत अवकाश उमेर हद ६३ पुर्‍याउने निर्णय गरिएको छ । 

अस्पतालको प्रशासन र आर्थिक महाशाखा, नर्सिङ विभाग, वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट तथा विभागीय प्रमुखहरुले दुई साताअघि क्लिनिकल अभ्यासका लागि अवकाशको उमेर हद ६० वर्ष नै उपयुक्त हुने भनी दिएको राय सुझावविपरीत स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिष्ठान भएको खण्डमा मात्र विशेषज्ञ, दक्ष प्राध्यापक जनशक्तिको हकमा उमेर हद ६३ वा ६५ गराउन सकिने नत्र अस्पताललाई आर्थिक भार परी उपचार महँगो पर्ने उनीहरुको निष्कर्ष थियो । तर, कार्डियोलोजिस्ट डा.रवि मल्लको स्वार्थ पूरा गर्न प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्वास्थ्यमन्त्री खापुङले यस्तो निर्णय गरेको कर्मचारीहरुको आरोप छ ।

स्वास्थ्यमन्त्री खापुङले भने सबैको रायसुझावकै आधारमा सही निर्णय गरेको दाबी गरे ।

प्रकाशित : श्रावण २१, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्किएकाहरूलाई उत्पादनमा जोड्न सके देशको मुहार फेरिन्छ : मन्त्री गहतराज

कान्तिपुर संवाददाता

भक्तपुर — युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताएका छन् । मन्त्री गहतराजले उनीहरूलाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताए ।

राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार सानोठिमीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गहतराजले भने, ' सरकारले युवाका निम्ति विभिन्न योजना र कार्यक्रम ल्याएको छ । ठोस परिणामका निम्ति युवाका कार्यक्रम एकीकृत गर्नु जरुरी छ ।'

विदेशबाट फर्किएका युवाका समस्या, चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रिटर्नी युवाहरू राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए । उनले रिटर्नी युवाहरूको सिप, श्रम र दक्षतालाई सदुपयोग गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले निरन्तर काम गरिरहेको बताए ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

कार्यक्रममा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको चिरफार गर्दै युवाहरूलाई देशभित्रै अवसर खोज्न अपील गरे ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले विदेशबाट फर्किएका युवाका लागि तालिम दिने जानकारी गराए ।

प्रकाशित : श्रावण २१, २०७९ १६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×