कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजस्व छलिका सुर्तीजन्य पद्वार्थसहित ४ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट राजस्व छलि ल्याएका तयारी सुर्ती १९५ बोरा (८ हजार केजी) र कच्चा सुर्ती (२० हजार २ सय केजी) सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

राजस्व छलिका सुर्तीजन्य पद्वार्थसहित ४ पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुली तिनपाटन गाउँपालिका–६ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङ विराटनगर महानगरपालिका–१२ घरभई ललितपुर महानगर–३ धोबीघाट बस्ने ५३ वर्षीय सुरेश पोख्रेल, सर्लाही विष्णु गाउँपालिका–३ घरभई काठमाडौं कुलेश्वर बस्ने ४४ वर्षीय दिनेश चौधरी र सिनामङ्गल ३८ वर्षीय अरबिन्द अग्रवाल छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनीरूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार गौतमलाई पेप्सीकोला र चौधरीलाई कुलेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धानका क्रममा भारतबाट राजस्व छली गरी ल्याएको सुर्तीजन्य कच्चा पदार्थ अग्रवाल र पोख्रेलले संचालन गर्ने ललितपुर महानगर–२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा विभिन्न स्थानमा भण्डारण गरेको सूर्तीजन्य पदार्थ बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्यामार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकनामा रहेको न्यु शुभलक्ष्मी सूर्ती उद्योगको गोदाममा सिल गरेको छ । सूर्ती उद्योग सञ्चालक समेतलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?