२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

श्रोत नखुलेको ४९ लाख ५० हजार रुपैयाँसहित युवक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँ रकमसहित एक युवक पक्राउ परेका छन् । प्रहरी प्रभाग कपन प्रमुख प्रहरी निरीक्षक कृष्ण बस्यालको नेतृत्वको टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट गोरखा चुमनुब्री घरभई तीनचुली बगला मार्ग बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रोत नखुलेको ४९ लाख ५० हजार रुपैयाँसहित युवक पक्राउ

जाँचको क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई ३२ लाख ५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानका क्रममा प्रहरी वृत्त बौद्धको टोलीसहितले घ्याल्चेनको डेराबाट थप १७ लाख ५० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?