संखुवासभाको रुद्राक्ष पशुपतिमा 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको रुदाक्षका बिरुवा प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथको मन्दिर वरपर रोपिएको छ । खाँदबारी नगरपालिका, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्रभित्र बिहीबार रुद्राक्षको वृक्षारोपण गरिएको हो ।

संखुवासभाको रुद्राक्ष पशुपतिमा 

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाद्वारा संयुक्तरुपमा वृक्षारोपण गरेका हुन् । पशुपति क्षेत्रभित्रका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने थपलियाले बताए ।

केही दिनअघि खाँदबारीका प्रमुख थपलिया र काठमाडौं महानगरका प्रमुख शाहबीच भेटघाटपछि एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो । भेटघाट पछि नै पशुपति क्षेत्रमा संखुवासभाको रुद्राक्षका बिरुवा रोप्ने कार्यक्रम तय भएको उनले बताए । अन्य कार्यक्रमहरुसमेत सहकार्यमा गर्दै जाने थपलियाले बताए ।

मन्त्री श्रेष्ठ र मेयर शाहले एकअर्काबीच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?