बानेश्वरमा मेयर शाहविरुद्ध नाराबाजी र प्रदर्शन- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बानेश्वरमा मेयर शाहविरुद्ध नाराबाजी र प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू जम्मा भएर केही बेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दोलित बनेका हुन् ।

प्रकाशित : श्रावण ११, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल पावरलाई 'उत्कृष्ट वित्तीय प्रतिवेदन' अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — बुटवल पावर कम्पनी साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक वर्ष २०७७/७८ (२०२०/२१) मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे । यस अवार्डले आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६ लाख ग्राहकहरुलाई विद्युत् वितरण गर्दै आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनामा पनि कम्पनीको लगानी छ । निर्माणको चरणमा रहेका मर्स्याङ्दी बेसिनस्थित करिब ६०० मेगावाटका तीन आयोजनाहरुमा समेत लगानी रहेकाे कम्पनीले जनाएको छ ।


प्रकाशित : श्रावण ११, २०७९ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×