गायिका दिलमाया हत्याका आरोपी पुर्पक्षका लागि थुनामा- उपत्यका - कान्तिपुर समाचार

गायिका दिलमाया हत्याका आरोपी पुर्पक्षका लागि थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा चलान गरेको छ ।

गत असार ११ गते काठमाडौं तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित डेराको कोठामा गायिका सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।

आफ्नै खाटमा मृत फेला परेकी गायिका सुनारको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान बढाएको थियो । त्यस क्रममा मृतक सुनारको घाँटीमा डाम देखिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई असार १२ मा नेपालटारबाट नियन्त्रणमा लिएको हो ।

गायिका दिलमाया र श्रेष्ठ विगत ७/८ महिनाअघि देखि सँगै बस्दै आएको र आरोपी श्रेष्ठ घटना घटाएर फरार रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपी श्रेष्ठले फ्याँकेको दिलमायाको सल महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिकै सडकको पश्चिम किनारको खाली ठाउँको झाडीबाट बरामद गरेको थियो ।

प्रकाशित : श्रावण ९, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगको संरक्षण र विकासका लागि बिजनेस इन्कुबेटर्स : उद्योगमन्त्री बडू

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यम एवं उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने घोषणा गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा मन्त्री बडूले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेका हुन् ।

मन्त्री बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्रै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको बताए । उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको पनि बताए ।

बिजनेस इन्कुबेटर कन्फरेन्सका लागि सरकारले छुट्याएको बजेट भने प्राप्त नभएको उनले बताए । ‘सरकार केही काम गर्न चाहन्छ । अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता छ । मुलुकमा उद्योग र उद्यमीहरुलाई बढीभन्दा बढी क्रियाशिल बनाउन जरुरी छ । जसले राष्ट्रिय उत्पादन बढाएर मुलुकमा समृद्धि बढाउन सकोस् । जुन लगानीले मुलुकको विद्यमान व्यापार घाटा कम गर्न सकोस् ।

प्रकाशित : श्रावण ९, २०७९ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×