१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुखले सवारी साधन किच्दा... [तस्बिरहरू]

मृत्यु हुने तीनै जनाको सनाखत, घाइतेहरूको उपचार हुँदै
लिला श्रेष्ठ

भक्तपुर — भक्तपुरको दूधपाटीस्थित आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन् ।

रुखले सवारी साधन किच्दा... [तस्बिरहरू]

भक्तपुर नगरपालिका ७ गोलमडीका न्हुच्छेराम बोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो ।

तीमध्ये न्हुच्छेराम स्कुटी चालक थिए । प्रहरीका अनुसार न्हुच्छेराम बा ६१ प ३९७८ नम्बरको स्कुटीमा भक्तपुरबाट सल्लाघारीतर्फ जाँदै थिए ।यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ६ जनाको डा इबामुरा मेमोरियल अस्पतालमा उपचार गरिएको छ भने अन्य ६ जनाको मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार गरिएको छ ।

रुख ढलेर केही बेर सडक नै अवरुद्ध भएको थियो । तर सुरक्षाकर्मीहरूले रुख पन्छाएपछि अहिले सडक नियमित सञ्चालनमा आएको छ । साथै ३ वटै शवलाई अहिले इबामुरा मेमोरियल अस्पतालमा राखिएको छ ।

तस्बिरहरू : अंगद ढकाल र लिला श्रेष्ठ ।

प्रकाशित : श्रावण ८, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?