कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन्दरीजलमा १६ वर्षीय किशोर बेपत्ता

काठमाडौँ — काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसोदेखि एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक स्थायी घर भई कपन बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान दिउँसो ३ बजेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सात जनाको समूहमा सुन्दरीजल घुम्न गएका शुभमलाई फोटो खिच्ने क्रममा खसेको सामान टिप्न खोज्दा चिप्लिएर खोलाले बगाएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरीक्षक धिरेन्द्र थपलियाले इकान्तिपुरलाई जानकारी दिए ।

शुभम एसईईको परीक्षा दिएर नतिजाको पर्खाइमा रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै उनी कपन वडा नं १२ मा परिवारका साथ बस्दै आएका हुन् ।

प्रनाउ थपलियाका अनुसार शुभमका परिवार र आफन्तसहित स्थानीयहरूले शनिबार साँझ अवेरसम्म उनको खोजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण ७, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?