कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकै वर्ष उपत्यकामा पाँच लाख सवारी कारबाहीमा, ३३ करोड राजश्व संकलन

काठमाडौँ — काठमाडौं उपत्यकामा एक वर्षको अवधिमा ५ लाखभन्दा धेरै सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ५ लाख ४ हजार ५९७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

एकै वर्ष उपत्यकामा पाँच लाख सवारी कारबाहीमा, ३३ करोड राजश्व संकलन

जसबाट ट्राफिक व्यवस्थापन सम्बन्धित नौ वटा निकायले ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजश्व संकलन गरेका छन् । त्यसमध्ये लेन अनुशासनमा १३ हजार ८९३, मादक पदार्थ सेवनमा ३३ हजार ५९०, तीव्र गतिमा गुडाउने १८ हजार ४४७ र रातो बत्ती पालना नगर्ने १८ हजार ९८४ सवारीलाई कारबाही गरिएको छ ।

त्यस्तै अव्यवस्थित सडक पार्क तथा फुटपाथ पार्किङ गर्ने ४१ हजार ९०५ वटा सवारी साधन कारबाहीमा परेका कार्यालयले जनाएको छ ।

यो अविधिमा ट्राफिक प्रहरीले सवारी साधनमा हराएका छुटेका समानबारे ४९१ वटा निवेदन आएकोमा ३९२ वटा सामान फेला पारी सम्बन्धित धनीलाई फिर्ता दिएको छ भने ९७ वटा निवेदनमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले १५९० वटा मोटरसाइकल हराएको उजुरी परेकामा ३७४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने ५०६ वटाको अनुसन्धान भइरहेको छ । यस्तै ट्राफिक प्रहरीले एक वर्षको अवधिमा एक लाख ८० हजार ३३७ जनालाई ट्राफिक सचेतना कक्षा प्रदान गरेको छ ।

काठमाडौं उपत्यकामा प्रहरीले १ हजार २०३ वटा सवारीलाई सीसीटिभीमार्फत् निगरानी गरी कारबाही गरेको छ । सवारी भाडामा ठगी गर्ने तथा अनियमितता विरुद्व चेकजाँच गरी १० हजार २९५ वटा सवारीलाई कारबाही गरेको छ ।

प्रकाशित : श्रावण २, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?