२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मानव बेचविखन आरोपमा ३ पक्राउ

काठमाडौँ — मानव बेचविखन तथा ओसारपसारमा संलग्नताको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल–९ घरभई ललितपुरको गोदावरी–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगर–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र रोल्पा त्रिवेणी–७ घरभई काठमाडौंको टोखा–२ चण्डेश्वरी बस्ने ५२ वर्षीय भरतमणि घर्तिमगर छन् ।

मानव बेचविखन आरोपमा ३ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोकालाई गत जेठ २४ मा ललितपुर जावलाखेलबाट, सुनारलाई जेठ २० मा बबरमहलबाट र घर्तिमगरलाई जेठ १३ मा काठमाडौं टोखाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए ।

रोकाले एक महिलालाई प्रलोभनमा पारी गत चैत १० मा ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको र परिबन्दमा पारेर कुवेतमा मासिक ४०/५० हजार रुपैयाँसम्म कमाई हुने लोभ देखाई नेपालगन्ज नाकाबाट भारतको नयाँदिल्ली पठाएको खुलेको छ । गत चैत १६ मा भारतको नयाँदिल्लीबाट कुवेतमा घरायसी काममा समेत पठाई यौन हिंसामा पारेको भन्दै आफन्तले ब्यूरोमा उजुरी गरेका थिए । ब्यूरोको टोलीले गत बुधबार पीडितलाई कुवेतबाट उद्धार गरेको एसपी मल्लले बताए । मानव बेचबिखन तथा ओसारपसार आरोपमा पक्राउ परेका रोकालाई काठमाडौं जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।

त्यस्तै, सुनारले एक किशोरीलाई ५ हजार रुपैयाँ बाटो खर्च पठाई भारतको रक्सौल सौनाबजारमा बोलाएर बिहेहरुमा नाच्न गर्न लगाएको पाइएको छ । ननाच्ने भन्दा पीडितलाई जबरजस्ती नाच्न लगाएको र भारतीय प्रहरीले छापा मारेर बालिकागृह मोतिहारीमा लगेर ३ महिनापछि माइती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेकी सुनारलाई गत बुधबार पुर्पक्षका लागि कारागार पठाएको छ ।

त्यसैगरी, घर्तीमगरले एक महिलालाई दुबईमा प्याकिङ सम्बन्धी कम्पनीमा मासिक ४०/५० हजार रुपैयाँसम्मको काम लगाईदिने प्रलोभनमा गत वैशाख २ मा काठमाडौं बोलाए । पीडितले राहदानी लगायतको वैदेशिक रोजगारको लागि जाने काजगात घर्तिमगरलाई दिए । वैशाख १६ मा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडाए । तर, दुबई भनी घर्तिमगरले आफूलाई कुवेतको घर मालिकलाई ५ हजार दिनारमा बिक्री गरेको, उक्त घर मालिकले भरपेट खाना नदिने, बिरामी हुँदा उपचार समेत नगरी यौन हिंसा गरेपछि पीडितले ब्यूरोमा उजुरी गरेकी थिइन् । घर्तीमगरलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।


प्रकाशित : असार २२, २०७९ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?