पर्खाल भत्किएर पुरिँदा वृद्धाको मृत्यु

भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुलीस्थित पर्खाल भत्किएर पुरिँदा ६६ वर्षीया नारायणदेवी थापाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण बुधबार साँझ स्थानीय कान्छा श्रेष्ठको घरको आगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किएर पर्खालमुनि हिँडिरहेकी थापा पुरिएकी थिइन् ।

थापाको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए । घटनाको विषयमा प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित : असार १५, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?