कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कस्तुरीको बिना जस्तो धुलोसहित कोरियन नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ — कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरिया जान लागेका यात्रु कोरियन नागरिक जुङ जुन जुनको साथमा कस्तुरीको बिना जस्तो शंकास्पद वस्तु भेटिएपछि प्रहरीले पक्राउ गरेको छ ।

कस्तुरीको बिना जस्तो धुलोसहित कोरियन नागरिक विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासीको क्रममा ती कोरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती व्यक्तिले निलो रंगको जुत्ताभित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको बिना जस्तो देखिने धुलोसहितको २ थान पोका लुकाएको भेटिएको थियो ।

अन्दाजी ७१६ ग्राम तौल रहेको उक्त पदार्थ प्रहरीले बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १५, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?